शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

 साउन ४, २०८१ शुक्रबार १२:२७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको छ । अस्पतालमा आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष  २०८०/८१ मा चार प्रतिशत बढी शल्यक्रिया गरेर नवजात शिशु जन्माउने सुत्केरी बढेका हुन् ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीकाअनुसार आर्थिक २०८०/८१ मा ४३ प्रतिशत अर्थात् नौ हजार ६ सय जना महिलाले शल्यक्रियामार्फत शिशु जन्माएका थिए । यो अवधिमा अस्पतालमा २२ हजार दुई सय ७० जना महिला सुत्केरी भएका थिए । आर्थिक वर्ष २०७९/८० मा ३९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएका थिए ।

अस्पतालका निर्देशक डा. अधिकारीले पहिलो पटक शल्यक्रिया गरेर शिशु जन्माएका आमाले दोस्रो पटक शिशु जन्माउँदा पनि शल्यक्रिया गर्नुपर्ने, निःसन्तान भएका र प्रसव पीडा खप्न नसक्ने आमाको शल्यक्रिया गरेर बच्चा जन्माउने गरेको बताउनुभयो ।

यस्तै ढिलो उमेरमा शिशु जन्माउँदा जोखिम हुने भएकाले पनि शल्यक्रिया गर्ने अवस्था आउने निर्देशक डा. अधिकारीले बताउनुभयो । अस्पतालमा दैनिक ६० देखि ७० जना सुत्केरी हुने र तीमध्ये २० देखि २५ जनाको शल्यक्रियामार्फत शिशु निकाल्ने गरिएको छ ।

नेपालमा मातृ मृत्युदर एक लाखमा एक सय ५१ र बाल मृत्युदर एक हजारमा २१ जना रहेको छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया