बाजुराको साँफे–मार्तडी सडक खुल्यो, मार्तडी–कोल्टी सडक भने दुई हप्तादेखि बन्द

 साउन ४, २०८१ शुक्रबार १२:४५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पहिरोका कारण आज बिहान बन्द भएको बाजुराको साँफे–मार्तडी सडक खुलेको छ ।

यो सडकको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै लेदोसहित बिहान पहिरो झरेको र त्यसलाई हटाएपछि दिउँसोदेखि खुलेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सडक खुलेपछि बिहान रोकिएका लामो तथा छोटो दुरीका गाडी गन्तव्यतर्फ लागेका छन् ।

यस्तै बाजुराको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक भने दुई हप्तादेखि बन्द छ । बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो गएपछि सडक लामो समयदेखि अवरुद्ध भएको हो । मार्तडी–कोल्टी जोड्ने सडकको ठाउँठाउँमा पहिरो गएको छ ।

सडक अवरुद्ध भएपछि सदरमुकाम मार्तडीबाट पूर्वी उत्तरी भेगका पालिकासम्म चल्ने यात्रुवाहक तथा मालवाहक गाडी चल्न सकेका छैनन् । सडक खुलाउने प्रयास भइरहेको तर अझै केही दिन लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया