कांग्रेस–एमाले नेतृत्वको गठबन्धनविरुद्ध चार वटा साना दलले संयुक्त सङ्घर्ष गर्ने

 साउन ४, २०८१ शुक्रबार १५:४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको गठबन्धनविरुद्ध चार वटा साना दलले संयुक्तरूपमा सङ्घर्ष गर्ने भएका छन् ।

साना चार दल तराई मधेश लोकतान्त्रिक पार्टी, नेकपा (एकीकृत समाजवादी), मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल र नेपाल सद्भावना पार्टीले वर्तमान सरकारविरुद्ध सङ्घर्ष गर्ने भएका हुन् । उनीहरूले संयुक्त मधेश सङ्घर्ष समिति गठन गरेका छन् ।

समितिले विज्ञप्ति निकालेर बहुदलीय लोकतन्त्रको स्वरूप सिध्याएर दुई दलीय स्वरूपमा लैजाने षडयन्त्र भइरहेको जनाएका छन् । वर्तमान गठबन्धनको सरकारविरुद्ध साउन २६ गते जनकपुरधाममा बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने समितिले निर्णय गरेको माओवादी केन्द्रको मधेशी मुक्ति मोर्चाका इन्चार्ज मातृका यादवले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया