साेलुखुम्बुमा माटोको ढिस्कोले पुरिएका व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गर्‍याे

 साउन ४, २०८१ शुक्रबार १५:८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सशस्त्र प्रहरी

काठमाण्डाै – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पूमा माटोको ढिस्कोले पुरिएका व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

सोलुखुम्बुकै माप्य दूधकोशी गाउँपालिका–५ बस्ने ४२ वर्षीय तेजबहादुर तामाङ तारजालीको पर्खाल लगाउने क्रममा आज माटोको ढिस्कोले पुरिनुभएको थियो । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सोलुखुम्बुबाट खटिएको सुरक्षा टोलीले उहाँको उद्धार गरी जिल्ला अस्पताल फाप्लुमा पठाएको छ । उहाँको टाउको र कम्मरको भागमा चोट लागेको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया