न्युराेडमा सडक पेटी विस्तारलाई लिएर स्थानीयवासीकाे विराेध

 साउन ४, २०८१ शुक्रबार १५:१७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाकाे वडा नम्बर २२ मा पर्ने न्युरोड (नयाँ सडक) गेटदेखि जुद्ध शालिकसम्मको सडकमा पेटी विस्तारको काम शुरु भएको छ ।

उच्च अदालत पाटनले काम अघि बढाउन आदेश दिएसँगै महानगरपालिकाले सडकको पेटीको विस्तारको कामलाई अगाडि बढाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । सडक पेटी विस्तार गर्न नपाउने भन्दै स्थानीयवासीले आज बिहानदेखि नयाँ सडक क्षेत्रमा विरोध प्रदर्शन गरिरहेका छन् । स्थानीयवासीले विरोध गरेपछि प्रहरी प्रशासनले सुरक्षा सतर्कता बढाएको छ ।

महानगरले सडकको दुवैतर्फ तीन फिटको दरले पेटी विस्तार गर्ने गरी काम थालेको प्रवक्ता मानन्धरले जानकारी दिनुभयो । यसअघि सडक डिभिजन कार्यालयले विस्तारको काममा हस्तक्षेप गरेपछि महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । महानगरको रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक पालिका मातहतमा रहने भन्दै न्युरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया