२० वर्षमुनिको काभा महिला भलिबलमा नेपालले आज राति किर्गिस्तानसँग खेल्दै

 साउन ४, २०८१ शुक्रबार १८:३१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – २० वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनशिपमा नेपालले आज राति दोस्रो खेलमा किर्गिस्तानसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति सवा ९ बजे मालेको सोसियल सेन्टर कभर्डहलमा हुनेछ ।

यसअघि हिजो भएको खेलमा नेपाल श्रीलङ्कासँग ३–१ को सेटमा पराजित भएको थियो । माल्दिभ्सको मालेमा चलिरहेको प्रतियोगितामा नेपालले लिगको तेस्रो तथा अन्तिम खेलमा भोलि आयोजक माल्दिभ्ससँग खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, किर्गिस्तान र श्रीलङ्का रहेका छन् । सबै टिमले एकआपसमा खेलेपछि सेमिफाइनल खेल हुनेछ । लिगको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो हुने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल साउन ८ गते हुनेछ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया