माइक्रोसफ्टको सर्भरमा आएको समस्या समाधान उन्मुख : सेवाहरू विस्तारै सञ्चालनमा

 साउन ५, २०८१ शनिबार ६:४५:५८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सफ्टवेयर कम्पनी माइक्रोसफ्ट सर्भरमा आएको समस्या समाधान उन्मुख देखिएको छ । विश्वव्यापी सूचना प्रविधिमा आएको खराबीलाई सच्चाइएको क्राउडस्ट्राइकका अधिकारीले जनाएका छन् । कतिपय डिभाइसमा समस्या समाधान भइसकेको छ भने केहिमा समाधान हुन बाँकी छ ।

विभिन्न देशमा रद्द भएका हजारौँ उडान गए रातिदेखि सामान्य अवस्थामा फर्किन थालेका छन् । खराबी लगतै क्राउडस्ट्राइकका सीईओ जर्ज कुट्र्जले विश्वव्यापीरुपमा देखिएको अवरोधका लागि माफी मागेका छन् । साथै समस्याको पहिचान भइसकेको हुँदा सबै प्रणाली चुस्त दुरुस्त हुन अझै केही समय लाग्ने जानकारी दिएका बीबीसीले जनाएको छ ।

क्राउडस्ट्राइक एक साइबर सुरक्षा प्रविधि कम्पनी हो । साइबर सुरक्षा फर्म क्राउडस्ट्राइकले सफ्टवेयर अपडेट गरेपछि हिजो दिनभर विश्वव्यापी कम्प्युटर प्रणालीमा ठूलो अवरोध उत्पन्न भएको थियो । यसबाट विश्वभरको उडान, दूरसञ्चार सेवा, बैंक तथा अन्य अनलाइन सेवाहरू समेत प्रभावित भएका थिए ।

क्राउडस्ट्राइक कम्पनीका अधिकांश ग्राहक माइक्रोसफ्टको सर्भर प्रयोगकर्ता छन् । कम्पनीले वितरण गर्ने मुख्य उत्पादनमध्येको एक फाल्कन हो । यो एउटा एन्टिभाइरस हो, जसले कम्प्युटरमा हुनसक्ने सम्भावित साइबर आक्रमणबाट जोगाउँछ ।

कम्पनीले कुनै परीक्षण नै नगरी फाल्कनको नयाँ अपडेट विश्वभर उपलब्ध गराउँदा समस्या आएको आइटी क्षेत्रका विज्ञले बताएका छन् ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया