काठमाण्डौको न्यूरोडमा सडकपेटी विस्तारको विषयलाई लिएर उत्पन्न विवाद थप चर्कियो

 साउन ५, २०८१ शनिबार ९:०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौको न्यूरोडमा सडकपेटी विस्तारको विषयलाई लिएर उत्पन्न विवाद थप चर्किएको छ । महानगरले गएको बुधवारदेखि फुटपाथ विस्तारको काम थालेपछि स्थानीयवासी, वडाध्यक्ष र व्यापारीले निरन्तर विरोध गर्दै आएका छन् ।

न्यूरोड गेटदेखि जुद्ध शालिकसम्मको सडकमा पेटी विस्तारको विषयलाई लिएर हिजो पनि दिनभर प्रदर्शन भएको थियो । उच्च अदालत पाटनले काम अघि बढाउन आदेश दिएसँगै महानगरपालिकाले सडकको पेटीको विस्तारको कामलाई अगाडि बढाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

यसअघि सडक डिभिजन कार्यालयले विस्तारको काममा हस्तक्षेप गरेपछि महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । महानगरको रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

महानगरले विरोध भए पनि काम नरोकिने जनाएको छ । तर वडाध्यक्ष, स्थानीयवासी र व्यापारीले महानगरले अदालतको आदेशपछि फुटपाथ विस्तार गर्नुअघि एक पटक पनि जानकारी नगराएको र महानगरले छलफलसमेत गर्न नचाहेको बताएका छन् । सडक पेटीको विस्तार गर्नुअघि उपभोक्ता, स्थानीयवासी र समुदायसँग छलफल हुनुपर्ने उनीहरुको माग छ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया