सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै

 साउन ५, २०८१ शनिबार ९:०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – चितवनको सिमलतालमा असार २८ गते शुक्रवार पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोली खटिने भएको छ ।

खोजीका लागि यसअघि नेपालले भारतको सहयोग मागेको थियो । भारतबाट उद्धार टोली गएराति हिँडेको छ । १२ सदस्यीय टोली आज घटनास्थल पुग्ने गृह मन्त्रालयको विपद् महाशाखा प्रमुख डा.भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।

अहिलेसम्म विभिन्न ठाउँमा गरी २३ वटा शव भेटिएको छ । दुई बसमा गरी ६५ जना सवार रहेकोमा तीन जना सकुशल फेला परेका थिए । अझै ३९ जना यात्रु र बसको अवस्था थाहा हुन सकेको छैन । सिमलताल बस दुर्घटनाको आज आठौँ दिन भएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया