मनसुनको एक महिना : बाढी, पहिरो, चट्याङबाट मानवीय क्षति धेरै

 साउन ५, २०८१ शनिबार ९:१७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा मनसुन  भएको एक महिनामा मनसुनजन्य विपद् मुख्यगरी बाढीपहिरो र चट्याङका घटना तथा यसबाट मानवीय क्षति धेरै भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको मनसुनको ३० दिनको अवस्था प्रतिवेदनअनुसार गएको वर्षभन्दा यसवर्षको मनसुनको ३० दिनमा दुई सयभन्दा धेरैले बाढी, पहिरो, चट्याङ तथा ठूलो वर्षाका घटनामा वृद्धि भएको छ ।

मानवीय क्षति पनि अघिल्लो वर्षमा भन्दा यसपाली बढेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले यसपाली बाढी, पहिरो, चट्याङबाट जनधनको धेरै क्षति भएको बताउनुभयो । प्रतिवेदन अनुसार गएको वर्ष एक महिनाको अवधिमा विपद्का मुख्य घटना चार सय ५१ वटा भएको थियो ।

यसपालि ६ सय ९१ वटा घटना भएको पाइएको छ । गएको वर्ष एक महिनामा ४२ जनाको ज्यान गएकोमा यसपालि ६९ जनाले ज्यान गुमाएका छन् । गएको वर्ष ५६ जना घाइते भएकोमा यसपाली ८९ जना घाइते भएका छन् । प्रभावित परिवार भने गएको वर्षभन्दा यस वर्ष एक महिनामा कमी देखिएको छ ।

गएको वर्ष दुई हजार एक सय ६४ परिवार प्रभावित भएकामा यसपालि एक हजार दुई सय ७२ परिवार प्रभावित भएका प्रतिवेदनमा उल्लेख गरिएको छ । यो तथ्याङ्क गएको वर्ष जेठ ३१ अर्थात् मनसुन सुरु भएको दिनदेखि एक महिना र यस वर्ष जेठ २८ गतेदेखि ३० दिनको अवधिमा भएको तथ्याङ्क हो । 

प्रतिवेदन हेर्नुस्

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया