विपद्को अवस्थामा सक्रियता बढाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गृहमन्त्री लेखकको निर्देशन

 साउन ५, २०८१ शनिबार ९:३६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्का बेला आफ्नो सक्रियता बढाउन सबै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

हिजो भर्चुअल माध्यमबाट प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका पदाधिकारीलगायतलाई सम्बोधन गर्दै उहाँले मनसुनजन्य विपदबाट प्रभावित भएका नागरिकलाई राहत दिन तथा उद्धार गर्न सरकारको तर्फबाट कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिनुभयो ।

गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद पनि विपद् व्यवस्थापनमा धेरै काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। विपद् व्यवस्थापनका साथै जिल्लामा शान्ति सुरक्षा, लागू औषध नियन्त्रण, आपराधिक गतिविधि नियन्त्रणलगायत विषयमा पनि सक्रिय हुन गृहमन्त्री लेखकले निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ ।

भर्चुअल छलफलमा गृहमन्त्रीसहित गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेल, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समितिका पदाधिकारी सहभागी थिए ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया