महिला एशिया कप टी–२० क्रिकेटमा थाइल्यान्डले मलेशियालाई हरायो

 साउन ५, २०८१ शनिबार १७:५०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – महिला एशिया कप टी–२० क्रिकेटमा थाइल्यान्डले मलेशियालाई २२ रनले हराएको छ । थाइल्यान्डले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याएको मलेशिया निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ११ रन मात्र बनाउन सक्यो ।

यसअघि श्रीलङ्काको दम्बुलामा टस जितेर पहिले ब्याटिङ् गरेकाे थाइल्यान्डले छ विकेट गुमाएर एक सय ३३ रन बनाएको थियो । आजै बेलुका सवा ७ बजे श्रीलङ्का र बंगलादेश खेल्दैछ ।

हिजोदेखि शुरु भएको नवौँ संस्करणको महिला एशिया कप प्रतियोगिताको फाइनल खेल आउँदो जुलाई २८ मा हुनेछ । नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् ।

एशिया कपमा नेपाल समूह 'ए' मा छ । यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन् । यस्तै समूह 'बी' मा आयोजक श्रीलङ्कासहित, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया