उपसभामुख रानामगरले भिसाको अग्रिम मिति आग्रह गर्दा आर्थिक लेनदेन नभएको रास्वपाको दाबी

 साउन ६, २०८१ आइतबार ८:५२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई पत्र लेखेको भए पनि आर्थिक लेनदेन नभएको दाबी गरेको छ । रास्वपाले आज विज्ञप्ति निकालेर भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्ति नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध नभएको बताएको हो ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले निकाल्नुभएको विज्ञप्तिमा उपसभामुख रानामगरले भिसाको अग्रिम मितिका लागि अमेरिकी दूतावासमा पठाएको पत्रबारे जानकारी पाउने बित्तिकै सोधखोज गरेको उल्लेख छ । रास्वपाले विभिन्न कूटनीतिक निकाय एवम् जानकारसँग बुझ्दा धेरै राजनीतिक दलका नेताले अन्तर्वार्ता मिति मात्र नभई भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको पनि बताएको छ ।

विज्ञप्तिमा संघीय संसद् सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको रूपमा रास्वपाले बुझेको जिकिर छ । रास्वपाले रानामगरको निष्कलङ्क र उज्यालो छविकै कारण पहिले सांसद र पछि उपसभामुखको उम्मेदवारका रूपमा प्रस्तुत गरेको तर्क पनि गरेको छ । 

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया