न्यूरोडमा पहिले पार्किङ हुने ठाउँभन्दा कम क्षेत्रफलमा पैदल मार्ग विस्तार गर्न लागेका हौं : काठमाण्डौ महानगर

 साउन ६, २०८१ आइतबार ९:१३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले न्यूरोड क्षेत्रमा पहिले गाडी पार्किङ गर्दै आएकोभन्दा कम क्षेत्रफलमा पैदलमार्ग बिस्तार गर्न लागेको बताएको छ । पैदलमार्ग बिस्तार गर्दा सडक साँघुरो हुने भन्दै स्थानीयले विरोध गरिरहेका बेला महानगरले पहिले रहेको पार्किङ हटाएर त्योभन्दा कम ठाउँमा पैदलमार्ग बिस्तार गरिरहेको बताएको हो ।

महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले पैदलमार्ग बिस्तारबाट सडक साँघुरो नहुने बताउनुभयो । सहज आवागमन, व्यापारिक क्षेत्रको व्यवस्थापन र सहरी सुन्दरताको जीवन्त आयामका लागि विगतमा पार्किङ् हुने गरेको स्थानमा पैदल मार्ग बनाएर पैदलयात्रीको यात्राका लागि उपलब्ध गराउन लागिएको उहाँको भनाइ छ ।

पैदलयात्रीको सङ्ख्या बढ्दै गएपछि यात्रा सहजता तथा सुरक्षाका लागि महानगरपालिकाले पैदलमार्ग विस्तार योजना बनाएको राजभण्डारीको भनाइ छ । यस अघि जेठ ११ गते नै पैदलमार्ग विस्तार थालेको भए पनि सडक विभागले आफ्नो क्षेत्र भन्दै हस्तक्षेप गरेपछि काठमाण्डौ महानगर उच्च अदालत गएको थियो ।

उच्च अदालतले काठमाण्डौ महानगरको पक्षमा अन्तरिम आदेश दिएपछि महानगरले फेरी काम थालेको छ । तर अहिले स्थानीयले विरोध गरिरहेका छन् । महानगरपालिकाले सहरी सडकको मापदण्डबमोजिम पैदल मार्ग बिस्तार गरिरहेको सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले बताउनुभयो ।

महानगरले पैदलमार्ग बिस्तार गर्नुअघि पैदलयात्री गणना समेत गरेको थियो । जसमा जुद्ध शालिकबाट नयाँ सडक गेटतर्फ बेलुका ६ बजेदेखि ७ बजेसम्म एक घण्टा अवधिमा आठ हजार सात सय ४५ जना यात्रुले पैदल यात्रा गरेको देखिएको महानगरले जनाएको छ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया