ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिका वडा नम्बर २२ ले सडकबाटै सेवा शुरु गरेको छ । न्युरोड क्षेत्रमा महानगरपालिकाले शुरु गरेको सडकपेटी (फुटपाथ) विस्तारविरुद्ध वडा नम्बर २२ ले धर्मपथ सडक खण्डमा पालभित्रबाट सेवा शुरु गरेको हो ।
न्युरोडमा फुटपाथ विस्तारविरुद्ध यसअघि २२ नम्बर वडाध्यक्ष चिनीकाजी महर्जनसहित स्थानीयवासीले विरोध गर्दै आएकामा वडाले दबाब स्वरूप आजदेखि सडकबाटै सेवा शुरु गरेको हो । महानगरले न्युरोड फुटपाथ विस्तार गर्ने निर्णय फिर्ता नलिएसम्म वडाको सबै काम सडकबाटै सञ्चालन गर्नै वडाध्यक्ष महर्जनले बताउनुभयो ।
उच्च अदालत पाटनको आदेशसँगै महानगरले गएको बुधवारदेखि फुटपाथ विस्तारको काम शुरु गरेको थियो । तर अस्ति शुक्रवारदेखि स्थानीयले विरोध गर्दै आएका हुन् ।
यसअघि जेठ ११ गते नै पैदलमार्ग विस्तार थालेको भए पनि सडक विभागले आफ्नो क्षेत्र भन्दै हस्तक्षेप गरेपछि काठमाण्डौ महानगर उच्च अदालत गएको थियो । उच्च अदालतले काठमाण्डौ महानगरको पक्षमा अन्तरिम आदेश दिएपछि फेरि काम शुरु भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।