पदको सदुपयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

 साउन ७, २०८१ सोमबार ६:२८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पदको उचित सदुपयोग गर्ने बताउनुभएको छ। हिजो प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमा सबैलाई धन्यवाद दिँदै उहाँले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पदको सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

‘संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको छ, यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्नेछु, प्रतिनिधिसभाका सबै माननीय सदस्यज्यूहरूलाई धन्यवाद’, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ । 

हिजो प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिँदा २७५ सदस्यीय प्रतिनिधिसभामा  कूल २६३ सांसद मतदानमा सहभागी भए । जसमा प्रधानमन्त्री ओलीले १८८ मत प्राप्त गर्नु भएको थियो । यो वर्तमान संसद्को दुई तिहाइ मत हो ।  

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया