बाग्मती र लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान

 साउन ७, २०८१ सोमबार ६:३३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – बाग्मती र लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान भएको छ । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले दलहरूलाई भोलि बेलुका ५ बजेसम्मका लागि दाबी पेस गर्ने समय दिनुभएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको हो ।

यसअघि प्रदेशप्रमुख शर्माले हिजो दिउँसो मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बुझाएको राजीनामा स्वीकृत गर्नुभएको थियो । मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनको पहल थालिएको हो । नयाँ सरकार गठनका लागि कांग्रेस र एमालेले दाबी पेस गर्ने तयारी गरेका छन् ।

कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नेछ । कांग्रेसबाट बाग्मती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा सरकार गठन गर्ने गरी कांग्रेस र एमालेले दाबी पेस गर्ने तयारी गरेका छन् ।

यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले हिजो राजीनामा दिएसँगै नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले आज बेलुकी साढे ६ बजेसम्मका लागि समय दिएर नयाँ सरकार गठनको दाबी पेस गर्न आह्वान गर्नुभएको हो । उहाँले संविधानको धारा १६८ (२) बमोजिमको नयाँ सरकार गठनका लागि प्रदेश सभामा रहेका दलहरूलाई आह्वान गर्नुभएको छ ।

लुम्बिनीमा एमालेको नेतृत्वमा सरकार गठन गर्ने एमाले–कांग्रेसबीच सहमति बनिसकेको छ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया