त्रिविमा स्नातक अन्तिम वर्षको परीक्षामा अनुत्तीर्ण हुनेले मौका परीक्षा दिन पाउने

 साउन ७, २०८१ सोमबार ९:६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयमा स्नातक तहको अन्तिम वर्षको परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन्  ।

कुनै एक विषयमा मात्र अनुत्तीर्ण भए पनि अर्को परीक्षाका लागि वर्ष दिनसम्म कुर्नपर्ने बाध्यताको अन्त्य गर्दै विश्वविद्यालयले मौका परीक्षा दिन पाउने नीतिगत व्यवस्था गरेको हो ।

मौका परीक्षाको अवसर एक वा दुई विषयमा अनुत्तीर्ण भएका परीक्षार्थीलाई मात्रै दिइने र अन्तिम वर्षको परीक्षाको नतिजा सार्वजनिक भएको दुई हप्ताभित्रमा मौका परीक्षा सञ्चालन गरिने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयकाअनुसार स्नातकोत्तर तहको नयाँ भर्नामा सहभागी हुन पाउने गरी नतिजा सार्वजनिक हुने छ । अहिले सेमेस्टर प्रणालीमा पढाइ हुने स्नातक र स्नातकोत्तर तहमा मात्रै मौका परीक्षा सञ्चालन हुँदै आएको छ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया