हरेक दिन औसतमा ९७ वटा गाडी दुर्घटना हुने प्रहरीको तथ्याङ्क

 साउन ७, २०८१ सोमबार ९:३२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – नेपालमा हरेक दिन औसत ९७ वटा सानाठूला गाडी दुर्घटना हुने गरेका पाइएको छ । नेपाल प्रहरीको तथ्याङ्क विश्लेषणअनुसार दैनिक हुने ९७ वटा दुर्घटनामा औषतमा सात जनाको ज्यान जाने गरेको छ ।

यस्तै ८८ जना घाइते हुने गरेका नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँकाअनुसार गएको आर्थिक वर्ष नेपालमा ३५ हजार चार सय चार वटा गाडी दुर्घटना भएका छन् ।

ती दुर्घटनामा परी दुई हजार तीन सय ६८ जनाको ज्यान गएको छ । छ हजार एक सय ६० गम्भीर र २५ हजार नौ सय ९६ जना सामान्य घाइते भएका छन् । गाडी दुर्घटनामा एक सय एक चौपायासमेत मरेका छन् ।

सबैभन्दा धेरै दुई पाङ्ग्रे गाडी दुर्घटनामा पर्ने गरेको प्रहरीको तथ्याङ्क छ । गएको वर्ष १९ हजार नौ सय ८४ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका थिए ।

यसैबीच गएको वर्ष ट्राफिक प्रहरीले २२ लाख ९१ हजार आठ सय १७ वटा कारबाहीमा एक अर्ब ७५ करोड ८१ लाख ८६ हजार सात सय ६० राजस्व संङ्कलन गरेको छ ।

प्रहरीले एक वर्षमा सङ्गठनको आचरणविपरित काम गर्ने एक हजार सात सय एक प्रहरी कर्मचारीलाई कारबाही गरेको छ । 

अन्तिम अपडेट: असोज २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया