न्यूरोडमा पैदलमार्ग विस्तार गर्दा मेयर शाहले भ्रम फैलाएको स्थानीयको आरोप

 साउन ७, २०८१ सोमबार ९:५५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौका न्यूरोडका बासिन्दाहरुले पैदलमार्ग बढाउने क्रममा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले भ्रम फैलाउन खोजेको आरोप लगाएका छन् । वडा नम्बर २२, २३ र २४ का स्थानीयले संयुक्त विज्ञप्ति निकालेर यस्तो आरोप लगाएका हुन् ।

मेयरले शाहले निकटका संचारकर्मीहरूलाई प्रयोग गरेर एकोहोरो ढङ्गले प्रचारप्रसार गर्ने र राजनीतिक दलका नेताविरूद्ध गाली गर्दै अशोभनिय कार्य गरेको पनि स्थानीयको आरोप छ । उच्च अदालतले महानगरको पक्षमा फैसला गरेपछि महानगरले न्यूरोडमा फेरि पैदलमार्ग विस्तार शुरु गरेको छ । यहि विषयमा शुक्रवारदेखि स्थानीय र महानगरबीच विवाद चलिरहेको छ ।

स्थानीयको विज्ञप्तिमा महानगरपालिका र स्थानीयीबीच झगडा कसरी सुरूआत भएको भनेर उल्लेख गरिएको छ । नगरसभामा न्यूरोड पेटी सुधार शीर्षकमा प्रस्ताव गरिएको बजेट पुस्तिका आउँदा पेटी विस्तार छापेर आएको उनीहरूले बताएका छन् । बजेट पुस्तिकामा फरक छापिएर आएसँगै सम्बन्धित तीन जना वडाअध्यक्षहरूले यस विषयमा महानगर प्रमुख र विभागीय कर्मचारीलाई प्रष्ट पारिदिन भनेको  विज्ञप्तिमा उल्लेख छ ।

त्यतिबेला महानगर कर्मचारीले अहिले बजेट विनियोजन मात्र रहेको र पछि वडासँग समन्वय गरेर मात्र काम शुरु गर्ने भनेर जवाफ दिएको तर एक्कासी वडा कार्यालयसँग समन्वय नै नगरी नगरसभाबाट पारित भैसकेकाले कार्यान्वयन गर्नुपर्ने अडान मेयरले लिएको आरोप स्थानीयको छ ।

त्यो योजना खारेज गर्न पालिकाका ४२ मध्ये ३८ जना सदस्यहरूले हस्ताक्षर गरी पत्र बुझाउँदा मेयर शाहले स्वीकार गर्नुभएको पनि विज्ञप्तिमा उल्लेख छ । पेटी विस्तार जस्तो सामान्य विषयलाई राष्ट्रिय बहसको विषयको बनाएको भन्दै तीनै वटा वडाका अध्यक्षहरूले आपत्ति जनाएका छन् ।  

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया