बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थी सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

 साउन ७, २०८१ सोमबार १२:११:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – परराष्ट्रमन्त्री आरजु राणाले बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेका जानकारी दिनुभएको छ ।

मन्त्री राणाले ढाकामा रहेको नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग नियमित सम्पर्क गरिरहेको भन्दै सबै नेपाली विद्यार्थी एवम् अरू नेपाली सुरक्षित रहेका बताउनुभएको हो । उहाँले सामाजिक सञ्जालमा लेख्दै विद्यार्थी वा अभिभावकले चाहेमा स्वदेश फर्काउनका लागि परराष्ट्र मन्त्रालयले व्यवस्था गरेको पनि बताउनुभएको छ ।

हिजोसम्म बङ्गलादेशबाट एक हजार दुई सय जना नेपाली विद्यार्थी स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । बङ्गलादेशमा सरकारले निर्धारण गरेको रोजगारीमा कोटा प्रणालीको विरोधमा विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।

बङ्गलादेशको सर्वोच्च अदालतले रोजगारीमा दिने कोटा सीमित पार्न सरकारलाई आदेश दिए पनि विद्यार्थीहरूले पक्राउ परेकाहरूकाे रिहा, हिंसा फैलाउन जिम्मेवार अधिकारीहरूको राजीनामा लगायतको माग गरेर आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया