अनुगमन गरिएकामध्ये झन्डै ९९ प्रतिशत व्यावसायिक फार्ममा कैफियत

 साउन ७, २०८१ सोमबार १२:५०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – गएको आर्थिक वर्षमा सरकारले अनुगमन गरेकामध्ये ९८ दशमलव ५३ प्रतिशत व्यावसायिक फार्ममा कुनै न कुनै कैफियत भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०८० सालको साउनदेखि २०८१ सालको असार मसान्तसम्म काठमाण्डौ उपत्यकाका चार हजार दुई सय ६९ वटा व्यावसायिक फार्ममा अनुगमन गरेको थियो ।

तीमध्ये चार हजार दुई सय छ वटा व्यावसायिक फार्ममा केही न केही कैफियत भेटिएको विभागको वार्षिक प्रतिवेदनमा उल्लेख छ । ६३ वटा फार्म मात्रै सामान्य अवस्थामा रहेका पाइएको छ । विभागले अनुगमन गरेकामध्ये नाै सय ३५ वटा व्यावसायिक फार्मलाई पाँच हजारदेखि तीन लाख रुपियाँसम्म जरिबाना गरेको छ ।

विभागले ८६ वटा व्यावसायिक फार्ममा रहेका म्याद नाघेका सामान नष्ट गरेको छ । विभागले एक हजार एक सय दुई वटा व्यावसायिक फार्मलाई स्पष्टीकरण तथा बयानका लागि आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ । विभागले अनुगमन गरेकोमा सबैभन्दा धेरै खाद्य, किराना पसललाई जरिबाना गरेको छ ।

अन्तिम अपडेट: भदौ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया