एमालेले लीला गिरीकाे ठाउँमा चेतनारायण आचार्यलाई लुम्बिनीकाे मुख्यमन्त्री बनाउने

 साउन ७, २०८१ सोमबार १२:५२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरीको ठाउँमा चेतनारायण आचार्यलाई उम्मेदवार बनाउने भएको छ ।

एमाले प्रदेश संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने निश्चितजस्तै भए पनि एकाएक एमालेले गिरीको ठाउँमा आचार्यलाई मुख्यमन्त्रीमा अघि सारेको हो । एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले केन्द्रको निर्देशनमा आचार्यलाई अघि सारिएको बताउनुभयो ।

लीला गिरी एमालेका उपाध्यक्ष विष्णु पौडेल निकट मानिनुहुन्छ । तर महासचिव शङ्कर पोख्रेलले केन्द्रबाट हस्तक्षेप गरेर आफू निकट चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन लाग्नुभएको एमाले स्रोतले बताएको छ ।

गिरीले भने उपाध्यक्ष र महासचिवबीचको विवादका कारण आफू अन्यायमा परेको गुनासो गर्नुभएको छ । आचार्य अर्घाखाँचीकाे निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित हुनुभएकाे हाे ।

लुम्बिनीको मुख्यमन्त्री एमालेले पाउने एमाले र कांग्रेसबीच सहमति भएको छ । लुम्बिनीमा एमाले र कांग्रेसको सहज बहुमत रहेको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया