'आईएमई पे' र 'एडुसन्जाल' बीच पेमेन्ट पार्टनरशिप सम्झौता

 साउन ७, २०८१ सोमबार १८:४९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको पहिलो डिजिटल वालेट 'आईएमई पे' र शैक्षिक पोर्टल 'एडुसन्जाल' बीच एक्सक्लुसिभ पेमेन्ट पार्टनरशिपको सम्झौता भएको छ । यी दुई संस्थाबीच भुक्तानी तथा अन्य अफरहरूको साझेदारी भएको हो ।

साझेदारीपछि पहिलो दुई सय जना विद्यार्थीले 'आईएमई पे' एपमार्फत एक रुपैयाँमा 'एडुसन्जाल' ले प्रदान गर्दै आएको एलएमएस-बेस्ट सिम्याट कोर्समा भर्ना हुन सक्ने छन् । यसका साथै 'एडुसन्जाल' बाट प्राप्त हुने रेफरल कोड प्रयोग गरी 'आईएमई पे' एपमा साइन-अप गरेका विद्यार्थी प्रयोगकर्ताहरूले यस एपमा सञ्चालन हुने 'आईएमई क्विज' नामक साप्ताहिक प्रतियोगितामा भाग लिन र प्रोमोकोड जित्ने मौका पनि प्राप्त गर्न सक्ने छन् ।

साथै आउने दिनहरूमा 'आईएमई पे' एपमा नयाँ अनबोर्ड हुने विद्यार्थीहरूलाई लक्षित गरी 'आईएमई पे' एप मै विभिन्न अफर र प्रतियोगिताहरू उपलब्ध हुनेछ । यस सम्झौताबाट डिजिटल प्लेटफर्ममार्फत शिक्षाको लाभ उठाउन सकिने र डिजिटल वालेटको प्रयोगका लागि थप प्रयोगकर्ताहरू आकर्षण गर्न मद्दत मिल्ने छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया