गएको आर्थिक वर्षमा झन्डै १६ खर्बकाे आयात हुँदा डेढ खर्ब रुपैयाँको मात्रै निर्यात

 साउन ७, २०८१ सोमबार १६:४९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – गएको आर्थिक वर्षमा आयात र निर्यात दुवै कमी भएको छ । भन्सार विभागले आज प्रकाशन गरेको गएको आर्थिक वर्ष २०८०/८१ को वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालको आयात र निर्यात दुवै व्यापारमा कमी आएको हो ।

गएको आर्थिक वर्षमा नेपालले १७ खर्ब ४५ अर्ब ३६ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा एक दशमलव ३३ प्रतिशतले कमी हो । गएको वर्ष नेपालले १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको वस्तु विदेशबाट आयात गरेको छ भने जम्मा एक खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँको वस्तु विदेशमा निर्यात गरेको छ । आयातमा एक दशमलव १६ प्रतिशत र निर्यातमा तीन दशमलव शून्य तीन प्रतिशतले कमी आएको छ ।

समग्र व्यापारमा नै कमी आएपछि व्यापार घाटा पनि अघिल्लो वर्षको तुलनामा झन्डै एक प्रतिशतले घटेर १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँमा झरेको छ । सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । गएको आर्थिक वर्षमा भारतबाट नौ खर्ब ९६ अर्ब ६८ करोड रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट भारतमा जम्मा एक खर्ब तीन अर्ब १७ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यस्तै चीनबाट दुई खर्ब ९८ अर्ब ७७ करोड रुपैयाँको आयात हुँदा जम्मा दुई अर्ब ५८ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया