लुम्बिनीकाे मुख्यमन्त्रीमा एमालेका आचार्य नियुक्त

 साउन ७, २०८१ सोमबार १७:४४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएकाे छ । एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी ५६ जना सांसदको समर्थनमा दाबी पेश गर्नुभएका आचार्यलाई आज प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।

मुख्यमन्त्री जोखबहादुर महराले हिजो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले आज बेलुकासम्मको समय दिएर दुई वा दुईभन्दा बढी दलको समर्थमा दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

एमाले प्रदेश संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने निश्चितजस्तै भए पनि एकाएक एमालेले गिरीको ठाउँमा आचार्यलाई मुख्यमन्त्रीमा अघि सारेको हो । एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले केन्द्रको निर्देशनमा आचार्यलाई अघि सारिएको बताउनुभयो ।

लीला गिरी एमालेका उपाध्यक्ष विष्णु पौडेल निकट मानिनुहुन्छ । तर महासचिव शङ्कर पोख्रेलले केन्द्रबाट हस्तक्षेप गरेर आफू निकट चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन लाग्नुभएको एमाले स्रोतले बताएको छ । गिरीले भने उपाध्यक्ष र महासचिवबीचको विवादका कारण आफू अन्यायमा परेको गुनासो गर्नुभएको छ ।

आचार्य अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित हुनुभएको हो । लुम्बिनीको मुख्यमन्त्री एमालेले पाउने एमाले र कांग्रेसबीच सहमति भएको छ । लुम्बिनीमा एमाले र कांग्रेसको सहज बहुमत रहेको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया