सिमलतालमा बस दुर्घटना : घुमाउनेबाट देवघाटसम्मकाे क्षेत्रमा खाेजी चल्दै

 साउन ७, २०८१ सोमबार १८:२३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – चितवनको सिमलतालमा गएको पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस तथा यात्रुको आज ११ औँ दिन पनि खोजी भइरहेको छ । नेपाल र भारतका दक्ष गोताखोर र प्राविधिकसहितको संयुक्त टोलीले खोजी गरिरहेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले विज्ञप्तिमार्फत सिमलतालबाट साढे तीन किलोमिटरको दूरीमा रहेको घुमाउनेबाट देवघाटसम्मको १६ किलोमिटर क्षेत्रमा खोजी गरिरहेको जानकारी दिनुभएको छ । भारतको राष्ट्रिय आपदा मोचन बलबाट आएका १२ जनाको प्राविधिक टोली पनि खोजी कार्यमा संलग्न रहेको छ ।

घटनामा परी हराइरहेका यात्रुमध्ये अहिलेसम्म २५ वटा शव फेला परेकामा १८ वटा शव सनाखत भएर परिवारको जिम्मा लगाइएको गृह मन्त्रालयले जनाएको छ । भेटिएका शवमध्ये दुईवटा भारतीय भूमिमा भेटिएका हुन् । सनाखत भएका शवमध्ये १३ वटा नेपाली नागरिकका छन् ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया