देशभरका नौ सडक खण्ड अवरुद्ध : एक सय ५९ एकतर्फी सञ्चालनमा

 साउन ८, २०८१ मंगलबार ७:२८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – बाढीपहिरो तथा अन्य कारणले देशभरका नौवटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेका छन् । एक सय ५९ सडकखण्ड एकतर्फी सञ्चालनमा छन् । सडक विभागको तथ्याङ्कअनुसार नौ वटा सडकखण्ड पूर्ण रूपमा र एक सय ५९ सडकखण्ड अहिले एकतर्फी सञ्चालनमा छन् ।

विभागकाअनुसार डुम्रे–बेंसीसहर–चामे, तानसेन–रिडी–कोरला, पुष्पलाल (मध्यपहाडी) राजमार्गको बाग्लुङ, र डोटीलगायत सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् । ती सडकको विभिन्न ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ । पूर्व पश्चिम मुख्य राजमार्गमा भने अहिलेसम्म कुनै अवरोध छैन । राजमार्गमा नियमितरुपमा गाडि चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै विभागले रातको समयमा बाढीपहिरोजस्ता मनसुनजन्य विपद्का कारण यात्रा असुरक्षित हुने भन्दै आवातजावत नगर्न आग्रह समेत छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार गएराति काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा ठूलो पानी परेको छ । ठूलो पानी परेका क्षेत्र भएर बग्ने नदी खोलाको तटीय क्षेत्रमा सावधानी अपनाउन भनिएको छ ।

यस्तै मनसुनको यो बेलामा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।   

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया