न्युरोडमा सडक पेटी विस्तारको काम रोक्ने सहमति, अध्ययन समिति बनाइने

 साउन ८, २०८१ मंगलबार ८:३८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको न्युरोड क्षेत्रमा सडक पेटी विस्तारसम्बन्धी काम तत्कालका लागि रोक्ने सहमति भएको छ । काठमाण्डौ महानगरपालिकाका प्रतिनिधि र वडाध्यक्षहरूबीच हिजो भएको बैठकमा न्युरोड क्षेत्रमा आउँदो मङ्सिर २ गतेसम्म फुटपाथ विस्तारसम्बन्धी कुनै पनि काम नगर्ने सहमति भएको हो ।

बैठकले काठमाण्डौ महानगर वडा नम्बर २२ र २३ मा फुटपाथ विस्तारबारे अध्ययन गर्न समिति गठन गर्ने र समितिले दिएको सुझावका आधारमा अघि बढ्ने निर्णय गरेको छ । काठमाण्डौ महानगरले न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्न थालेपछि स्थानीयवासीले विरोध गर्दै आएका थिए ।

स्थानीयवासीको विरोधमा वडाका जनप्रतिनिधिले पनि साथ दिएका थिए । विरोध स्वरुप वडाअध्यक्षसहितका टोलीले सडकबाटै सेवाग्राहीलाई सेवा दिने काम गरेका थिए । 

अन्तिम अपडेट: भदौ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया