काठमाण्डौ महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक

 साउन ८, २०८१ मंगलबार १५:३१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको शिक्षा विभागले कक्षा ११ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नतिजाको योग्यता क्रम https://entrance.kathmandu.gov.np/ मा गएर रोल नम्बर, जन्ममिति र पासवर्ड राखेर (प्रवेशपत्र लिन अपनाइएको विधि अपनाएर) प्राप्ताङ्क र योग्यता क्रमको स्कोर कार्ड हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सकिन्छ ।

छात्रवृत्तिका आवेदक ११ हजार आठ सय ७१ जना विद्यार्थीमध्ये ११ हजार दुई सय ८१ जनाको आवेदन स्वीकृत भएको थियो । विज्ञान विषयका लागि एक हजार सात सय ५७ वटा छात्रवृत्ति कोटा रहेकोमा ६ हजार सात सय २० जना उत्तीर्ण भएका छन् । व्यवस्थापन विषयमा दुई हजार चार सय ९३ वटा छात्रवृत्ति कोटा रहेकोमा एक हजार तीन सय ८१ जना उत्तीर्ण भएका छन् । यस विषयका दुई जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । कानुन विषयमा एक सय ३६ वटा छात्रवृत्ति कोटा रहेकोमा ७३ जना उत्तीर्ण भएका छन् । मानविकी विषयमा ७३ वटा छात्रवृत्ति कोटा रहेकोमा आठ जना उत्तीर्ण भएका छन् । शिक्षा विषयका लागि ७० वटा छात्रवृत्ति कोटा रहेकोमा १५ जना उत्तीर्ण भएका छन् ।

नतिजामा दाबी विरोध भएमा प्रमाण पुग्ने कागजातसहित र प्राप्ताङ्कमा चित्त नबुझे वेबसाइटमा उपलब्ध अनसूची ३ बमोजिमको फाराम भरेर पर्सि बिहीवार बेलुका ५ बजेभित्र अनलाइनबाटै पुनर्याेगका लागि निवेदन दिन सकिने महानगरले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया