धूवाँमा निसासिएर जुम्लामा दिदी–बहिनीकाे ज्यान गयाे

 साउन ८, २०८१ मंगलबार १८:४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – जुम्लामा धूवाँमा निसासिएर १२ दिनकी सुत्केरी र सुत्केरीकी बहिनीको ज्यान गएको छ ।

आइतवार राति सुत्केरीलाई न्यानो पार्न बालिएको आगोको धूवाँमा निसासिएर चन्दननाथ नगरपालिका– ५ की २२ वर्षीया मायालक्ष्मी महतरा र १९ वर्षीया जुनमाया रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) छेदीलाल कामतीले जानकारी दिनुभयो ।

सुत्केरी र सुत्केरीलाई स्याहार गर्न गएकी बहिनी हिजो बिहान बेहोस अवस्थामा भेटिएका थिए । उनीहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लगेकोमा दिदीको हिजो बिहान र बहिनीको आज बिहान ज्यान गएको डिएस्पी कामतीले जानकारी दिनुभयो ।

अहिले बच्चाको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया