विपद् पीडितलाई सबै जिल्लामा आवश्यक राहतको व्यवस्था छ : गृहमन्त्री लेखक

 साउन ८, २०८१ मंगलबार १८:३१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गृहमन्त्री रमेश लेखकले मनसुनलगायतका विपद् पीडितलाई सबै जिल्लामा आवश्यक राहतको व्यवस्था मिलाइएको बताउनुभएको छ ।

प्रतिनिधि सभा बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री लेखकले मृतकका परिवार र बेपत्ता भएकाका परिवारलाई राहत दिने कामलाई निरन्तर रूपमा अघि बढाइएको पनि दाबी गर्नुभयो ।

विपद्पछिको खोज, उद्धारका लागि नेपाल प्रहरीबाट सात हजार एक सय ६९ जना र सशस्त्र प्रहरी बल, नेपालबाट तीन हजार नाै सय ५६ जना खटिएर नाै सय ८९ जनालाई सकुशल उद्धार गरिएको पनि गृहमन्त्री लेखकले बताउनुभयो । उहाँले यो वर्षको मनसुन शुरु भएपछि अहिलेसम्म विपदमा परेर एक सय ३० जनाको ज्यान गएको पनि जानकारी दिनुभयो ।

त्यसैगरी पाँच सय ९४ वटा पशुचौपाया मरेका छन्, दुई सय ३१ वटा घर र ८४ वटा गोठमा क्षति पुगेको छ । ४३ वटा साना–ठूला पुल बगेका वा भत्केका गृहमन्त्री लेखकले जानकारी दिनुभयो । यस्तै चार हजार चार परिवार विस्थापित भएकोमा एक हजार ५९ परिवारलाई सुरक्षित आश्रयस्थलमा सारिएको छ भने बाँकी आफ्नै घरमा फर्किएका छन् । विपद्पछिको राहतका लागि सबै जिल्लामा आवश्यक राहत सामग्रीको प्रबन्ध गरिएको मन्त्री लेखकको दाबी छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया