बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा गाडी चलाउन रोक, हिउँदेखोलामा मर्मतको काम चल्दै

 साउन ९, २०८१ बुधबार ८:५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा गाडी चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झन्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन काम सकेर अर्को सूचना नआएसम्मका लागि रातिको समयमा गाडी चलाउन रोकिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म सबैखालका गाडीको आवतजावत बन्द गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताउनुभयो । उहाँका अनुसार आज बिहानैदेखि मर्मतको काम भइरहेको छ । सकेसम्म छिट्टै काम सकेर भोलिदेखि नै पूर्णरुपमा खुलाउने तयारी रहेको उहाँको भनाइ छ । बाटो बन्द गरिएको समयमा अत्यावश्यक गाडीले मर्मतको काम भइरहेको ठाउँमा खटिएका प्राविधिकसँग बुझेर यात्रा गर्न सक्ने पनि प्रमुख जिल्ला अधिकारी काफ्लेले उज्यालोलाई जानकारी दिनुभयो ।

हिउँदे खोला खण्डमा सडक भासिएको छ । डाइभर्सनका लागि सडक डिभिजन कार्यालयबाट मर्मतको काम हुँदै आएको छ । त्यही ठाउँमा दुई वर्षअघि पनि सडक भासिएर एक हप्तासम्म गाडी चलाउन समस्या भएको थियो ।

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया