लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा शपथ, एमाले संसदीय दलका नेता लिला गिरी अनुपस्थित

 साउन ९, २०८१ बुधबार ९:४२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ लिनुभएको छ । साेमवार मुख्यमन्त्रीमा नियुक्त आचार्यले आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण गर्नुभयो । आचार्य एमाले संसदीय दल लुम्बिनी प्रदेशको उपनेता हुनुहुन्छ ।

मुख्यमन्त्री आचार्यको शपथमा एमाले संसदीय दलका नेता लिला गिरी भने अनुपस्थित हुनुभयो । स्रोतका अनुसार प्रदेश संसदीय दलका नेता गिरीले राजीनामा दिनुभएको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा महासचिव शंकर पोखरेलनिकट उपनेता आचार्य मुख्यमन्त्रीमा नियुक्त भएपछि गिरीले नैतिकताका आधारमा राजीनामा दिनुभएको हो ।

एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको हस्ताक्षरमा एमालेका आचार्य लुम्बिनीको मुख्यमन्त्री बन्नुभएको हो । मुख्यमन्त्री आचार्यले शपथलगत्तै मन्त्रिमण्डल बिस्तार गर्नुभएको छ । उहाँले कांग्रेस र एमालेका गरी आठ जनालाई विना विभागीय मन्त्री बनाउनुभएको छ । भूमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी, सरोज थापा, प्रचण्ड विक्रम न्यौपाने, खेमबहादुर सारु, सिता शर्मा मन्त्री बन्नुभएको छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया