अब सरकार केन्द्रित होइन, नागरिकमा जाने हो : प्रचण्ड

 साउन ९, २०८१ बुधबार १२:२४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अब सरकार केन्द्रित नभइ आम नागरिकमा जाने बताउनुभएको छ । नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ११औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उहाँले सरकार बाहिर हुँदा अब सङ्गठन बिस्तार गर्ने अवसर मिलेको बताउनुभयो ।

उहाँले सुशासनको पक्षमा माओवादी नेतृत्वको सरकारले खेलिरहेको भूमिका सैह्य नभएर विचौलियाको पहलमा नयाँ गठबन्धन बनाइएको आरोप लगाउनुभयो । आफूले सरकार छाड्दा पनि आफ्ना कुरालाई सशक्त ढङ्गले संसदमा राखेर छाडेको भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिले आफूहरू विजेता र सरकारमा गएका पराजित भएको टिप्पणी गर्नुभयो ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया