उद्धारको काम सकिएपछि त्रिभुवन विमानस्थल खुल्यो

 साउन ९, २०८१ बुधबार १३:३४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । आज बिहान सौर्य एअरलाइन्सकाे विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो ।

उद्धारका क्रममा एक घण्टा बन्द भएको विमानस्थल अहिले नियमित सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

बिहान ११ बजेर ११ मिनेटमा सौर्यको (एन–एएमई) जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको ज्यान गएको छ । घाइते अवस्थामा उद्धार गरिएका क्याप्टेनको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले  जनाएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया