दुर्घटनाग्रस्त जहाजमा रहेका सबै जना साैर्य एअरलाइन्सकै कर्मचारी (विवरणसहित)

 साउन ९, २०८१ बुधबार १४:३९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : नेपाल प्रहरी

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । जीवितै उद्धार गरिएका क्याप्टेन मनिषरत्न शाक्यको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विमानमा रहेका १९ जना सबै सौर्य एअरलाइन्सकै व्यवस्थापक, चालक दल तथा अन्य कर्मचारी रहेका सौर्य एअरलाइन्सले जनाएको छ । क्याप्टेन मनिषरत्न शाक्य एअरलाइन्सका अपरेशन प्रमुखसमेत हुनुहुन्छ । त्यस्तै चिफ अफ सेफ्टी सागर आचार्य, सीएएमओ मेनेजर अश्विनकुमार निरौला, मेनेजर मेन्टेन्स यज्ञप्रसाद पौड्याल र चिफ अफ क्यूए दिलीप बर्मा पनि विमानमा रहेका एअरलाइन्सले जनाएको छ । यस्तै सुशान्त कटुवाल को–पाइलट र बाँकी सबै यात्रु एअरलाइन्सकै कर्मचारी हुन् ।

विमानमा रहेका १९ जनामध्ये एक जना महिला र एक जना विदेशी नागरिक थिए । विमानमा क्याप्टेन मनिषरत्न शाक्य र को–पाइलट एस कटुवालसहित अमिटमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश महर्जन र श्याम बिन्दुकार हुनुहुन्थ्यो । यस्तै विमानमा नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही र अरिफ रेड रहेका सौर्य एअरलाइन्सले जनाएको छ ।

त्रिभुवन विमानस्थलबाट आज बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको एन–एएमई विमान धावनमार्ग छाडेलगत्तै दुर्घटनामा परेको हो । उड्नेबित्तिकै दाहिनेतिर मोडिन लाग्दा धावनमार्गको पूर्वतिर दुर्घटना भएको प्राधिकरणले जनाएको छ । घाइते क्याप्टेन शाक्यको सिनामङ्गलमा रहेको केएमसी अस्पतालमा उपचार भइरहेको र १८ वटा शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेको प्रहरीले जनाएको छ । शवहरूको आजै पोस्टमार्टम शुरु गर्ने अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रेशम लेखकलगायतले दुर्घटनास्थलमा पुगेर अवलोकन गर्नुभएको छ ।

सौर्य एअरलाइन्सकाे जहाजमा रहेका यात्रुहरूको विवरण–

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया