रुसी सेनामा रहेकालाई फिर्ता गराउन उच्च कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

 साउन ९, २०८१ बुधबार १५:३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – परराष्ट्रमन्त्री आरजु राणाले रुसी सेनामा भर्ती भएका नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा रुसी सरकारसँग उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको आजकाे बैठकमा मन्त्री राणाले रुससँग उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको बताउनुभएको हो । मन्त्री राणाका अनुसार रुस–युक्रेन युद्ध भएदेखि अहिलेसम्म रुसी सेनामा भर्ती भई युद्धमा मर्ने नेपालीको सङ्ख्या ३४ जना पुगेको छ । साथै २२ जनाको डीएनए फरीक्षणका लागि दिइएको छ । ६ जना युक्रेनमा युद्धबन्दी रहेका छन् । ५ जना घाइते भएर उपचार भइरेहेको छ ।

यस्तै एक सय ५० जना रुसी सेनाबाट नेपाल फर्किसकेका छन् । उद्धारका लागि ३ सय २३ जनाको आवेदन परेको छ । सम्पर्कमै नरहेका भनी खोजी र फिर्ताका लागि निवेदन दिएको सङ्ख्या एक सय १६ जना रहेको छ । घाइते वा अन्य कारणले फिर्ता गराइदिन अनुरोध गरिएको सङ्ख्या एक सय ६१ रहेको छ ।

अन्तिम अपडेट: भदौ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया