बङ्गलादेशमा अवस्था सामान्य भइसकेको छ, नेपाली विद्यार्थीहरू फर्कन पर्दैन : परराष्ट्र मन्त्रालय

 साउन ९, २०८१ बुधबार १५:१०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा चलेको आन्दोलन मत्थर भइसकेकोले अब त्यहाँबाट नेपाली विद्यार्थीहरू फर्कन नपर्ने बताएको छ ।

आरक्षणसम्बन्धी व्यवस्थाका विषयमा सर्वोच्च अदालतको आदेशसँगै बङ्गलादेशमा आन्दोलन रोकिएको हो । अवस्था जटिल भएको बेला नेपाली विद्यार्थीहरूलाई फर्काउन पहल गरेको तर अब अवस्था सामान्य भइसकेकोले फर्कन नपर्ने मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताउनुभयो ।

तर फर्कनै पर्ने बाध्यता रहेको र अझै असुरक्षित महसुस गरिरहेका भएमा त्यस्ता विद्यार्थीहरू फर्कन पाउने पनि उहाँले बताउनुभयो । फर्किन जहाजको टिकट काटिसकेका र त्यो रद्द गर्न नमिल्ने अवस्थाबाहेकका विद्यार्थीलाई नफर्किन उहाँको अनुरोध छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया