विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्ति नगर्न मानव अधिकार आयाेगकाे निर्देशन

 साउन ९, २०८१ बुधबार १८:९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्ति नगर्न निर्देशन दिएको छ । सरकार, संवैधानिक परिषद् तथा राज्यका विभिन्न जिम्मेवार तहमा फौजदारीलगायत अभियोग लागेका, राज्यको कारबाही तथा छानबिन प्रक्रियामा रहेका विवादित व्यक्तिहरूलाई नियुक्ति सिफारिश र नियुक्ति गर्ने क्रम रहेको देखिएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।

आयोगले विज्ञप्ति निकालेर नैतिक रूपमा विवादित व्यक्तिहरूलाई नियुक्ति तथा नियुक्ति सिफारिश गरेको जानकारी आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । संवैधानिक परिषद्ले यौन शोषणको आरोप लागेका कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिश गरेको छ भने ज्यान मार्ने अभियोग लागेका नेपाली कांग्रेसका नेता बादशाह कुर्मी आज मात्रै लुम्बिनी प्रदेशमा मन्त्री बनेका छन् ।

आयोगले राज्यका निकायमा नियुक्त हुने व्यक्तिहरू सामाजिक रूपमा स्वच्छ छवि भएको, विवादरहित उच्च नैतिक चरित्र भएको र कानुनी रूपमा फौजदारी अभियोगमा सजाय नभएको हुनुपर्छ भन्ने लोकतन्त्रको आधारभूत मान्यता रहेको बताएको छ ।

यसैबीच निर्वाचन आयोगको आयुक्तका लागि सिफारिश भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ सकिएको छ । प्रश्नोत्तरका क्रममा सांसदहरूले यौन शोषणको आरोप लागेकाले प्रधानमा उच्च नैतिक चरित्र नदेखिएको बताएका छन् । अब अर्को बैठक बसेर नियुक्त गर्ने/नगर्ने निर्णय हुने समितिका सभापति पशुपतिशम्शेर राणाले जानकारी दिनुभयो ।

यस्ताे छ मानव अधिकार आयाेगकाे विज्ञप्ति–

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया