सौर्य एअरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न आयोग गठन

 साउन ९, २०८१ बुधबार २१:३०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले सौर्य एअरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले विमान दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा नेपाल वायु सेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, डा. सुदीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डङ्गोल सदस्य रहने गरी आयोग गठन गरेको प्रवक्ता गुरुङले बताउनुभयो ।

आउँदा दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक वायु सेवा सञ्चालन गरिरहेका सबै वायु सेवा सञ्चालक कम्पनीहरूलाई हवाईजहाजको अनिवार्य परीक्षण गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसको अनुगमन गर्ने निर्णय भएको पनि प्रवक्ता गुरुङले बताउनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले विमान दुर्घटनाको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया