अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो

 साउन १०, २०८१ बिहीबार ८:४०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंककाअनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ २६ पैसा कायम भएको छ ।

यस्तै, खरिददर १३३ रुपैयाँ ६६ पैसा तोकिएको छ । हिजो १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ २१ पैसा र खरिददर १३३ रुपैयाँ ६१ पैसा थियो । केही हप्तायता स्थिर रहेको डलरको मूल्य अस्ति मङ्गलवारदेखि बढ्न थालेको हो ।

भारतले बजेटमार्फत पुँजीगत लाभकर बढाएपछि अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको छ । नेपाली रुपैयाँ र भारतीय रुपैयाँबीच स्थिर विनियम दर भएकाले भारतीय बजारमा तय हुने मूल्यका आधारमा नेपालमा डलरको मूल्य तय हुन्छ ।

फलस्वरुप भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँसमेत कमजोर हुन्छ । नेपाली बजारमा यसअघि २०७९ कात्तिक पहिलो हप्ता डलरको मूल्य १३३ रुपैयाँ १४ पैसासम्म पुगेर रेकर्ड कायम भएको थियो । त्यसपछि घटेर १३० रुपैयाँ हाराहारी रहेकोमा पोहोर असोजदेखि फेरि डलरको मूल्य बढ्न थालेको हो ।

डलर महँगो हुँदा रेमिट्यान्स आप्रवाह, वस्तु तथा सेवा निर्यात र पर्यटकबाट हुने आम्दानी बढ्छ । तर वस्तु तथा सेवा आयात र विदेशी ऋणको ब्याज भुक्तानीमा बढी रकम खर्च गर्नुपर्ने भएकाले डलर बढ्दा विदेशी मुद्रा सञ्चितीमा दबाब बढ्छ । 

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया