म्याग्दीमा विदेशी पर्यटकको आवागमन बढ्न थाल्यो

 साउन १०, २०८१ बिहीबार १२:५३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

म्याग्दी – हिमाली जिल्ला म्याग्दीमा भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ । गएको आर्थिक वर्ष २०८०/०८१ मा ३१ हजार ३ सय ५४ जना विदेशी पर्यटकहरुले भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७९/०८० मा भने २९ हजार ३ सय २८ जना पर्यटकहरुले म्याग्दीको भ्रमण गरेका थिए ।

यसअघि विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ पछि गएको वर्ष सबैभन्दा धेरै विदेशी पर्यटकले म्याग्दीमा भ्रमण गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गएको वर्ष सबैभन्दा धेरै चैत महिनामा ५ हजार ८ सय ४९ जना र सबैभन्दा कम असार महिनामा ३ सय ८८ जना विदेशी पर्यटक म्याग्दीमा पुगेका थिए ।

म्याग्दीको भ्रमण गर्न आउने पर्यटकहरु धेरैजसो सडकमार्ग भएर आउने गर्दछन् । पर्वतको मालढुङ्गा हुँदै बेनी, पश्चिम म्याग्दीको दरबाङ, उत्तरी भूरुङ–तातोपानी नाका र मुस्ताङ भएर म्याग्दीको भ्रमणमा पर्यटकहरु आउँछन् । यसैगरी कतिपय पर्यटकहरु ट्रेकिङ एजेन्सीमार्फत सिधै हवाई–मार्ग भएर पनि जिल्लाको भ्रमणमा आउने गरेका छन् । हिमालपारीको जिल्ला मनाङ हुँदै मुस्ताङबाट समेत पर्यटकहरु जिल्ला भित्रिने गर्दछन् ।

म्याग्दीमा घोरेपानी, पुनहिल, फुलबारी, महरेडाँडा, खोप्रालेक, रुप्से तथा नारच्याङ झरना,  अन्धगल्छी, राउण्ड धौलागिरि र अन्नपूर्ण पदमार्गमा ट्रेकिङ गर्न, धौलागिरि बेसक्याम्प तथा धौलागिरि र अन्नपूर्ण हिमालको आरोहण गर्नका पर्यटक आउने गरेका छन् । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया