पर्सा प्रहरीले झन्डै २ कराेड रुपैयाँ बराबरकाे काजु, ज्वानाे र विद्युतीय सामान बरामद गर्‍याे

 साउन १०, २०८१ बिहीबार १७:३७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पर्सा प्रहरीले झन्डै दुई करोड रुपैयाँ बराबरको अवैध रूपमा ल्याइएकाे काजु, ज्वानो र विद्युतीय सामान बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ चण्डाल चोकको सडक खण्डबाट ना ५ ख २९१२ र ना ३ ख ७७२७ नम्बरको ट्रकमा लोड गरिराखेको एक करोड ८२ लाख ६ हजार चार सय रुपैयाँ बराबरको काजु, ज्वानो र विद्युतीय सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद गरिएका सामानको बिल नभएकोले राजस्व छलीकाे अनुमानमा राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया