रास्वपाले पार्टीको विधान परिमार्जन गर्न ११ सदस्यीय कार्यदल गठन गर्‍याे

 साउन १०, २०८१ बिहीबार १८:१४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको विधान परिमार्जन गर्न ११ सदस्यीय विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ ।

पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा आज बसेको बैठकले विधान परिमार्जन, संशोधन र सुझावका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी संयोजक रहनेगरी कार्यदल बनाएको हो । कार्यदलमा सोबिता गौतम, गणेश कार्की, डा. तोसिमा कार्की, क्रान्तिशिखा धिताल, डा. नारायण घिमिरे, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम र शङ्कर श्रेष्ठ छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णाली प्रदेशमा विशेष अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासमा पठाएको भनिएको पत्र दूतावासमा दर्ता नभएकोले थप छानबिन आवश्यक नरहेको निष्कर्ष निकालेको छ । कांग्रेस र एमालेले संवैधानिक परिषद्मा बहुमत पुर्‍याउनकै लागि इन्दिरा रानाविरुद्ध हल्ला फैलाएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया