एक वर्षमै १२ हजार वटाभन्दा धेरै चारपाङ्ग्रे विद्युतीय गाडी भित्रिए, चिनियाँ गाडीकाे हिस्सा ७२ प्रतिशत

 साउन १०, २०८१ बिहीबार १८:१०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – गएको आर्थिक वर्ष २०८०/८१ मा नेपालमा १२ हजार वटाभन्दा धेरै चारपाङ्ग्रे विद्युतीय गाडीको आयात भएको छ ।

भन्सार विभागका अनुसार गएको वर्ष विभिन्न देशबाट १२ हजार एक सय ४७ वटा विद्युतीय गाडी नेपालमा भित्रिएका हुन् । यो अघिल्लो आर्थिक वर्ष २०७९८० को भन्दा एक सय ९२ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा चार हजार पाँच सय १३ वटा विद्युतीय गाडी भित्रिएका थिए ।

गएको वर्ष नेपालमा आयात भएका १२ हजार एक सय ४७ वटा गाडीमध्ये ७२ प्रतिशत चीनबाट आयात भएका छन् । चीनबाट नाै हजार पाँच सय ११ वटा विद्युतीय गाडी आयात भएको भन्सार विभागले जनाएको छ । चीनबाट आयात हुने गाडीमध्ये बीवाईडीको हिस्सा सबैभन्दा धेरै छ । चीनबाट ओमोडा, एमजी, डिपल, सेरेस, किङलङ, केवाईसी, नेटा, ग्रेट वाल मोटर्स लगायत गाडी भित्रिएका छन् ।

यस्तै नेपालमा आयात भएका विद्युतीय गाडीमध्ये भारतबाट तीन हजार चार सय ३६ वटा आयात भएका छन् । भारतबाट टाटा, सिट्रोन, महिन्द्रा जस्ता ब्रान्डका गाडी पनि भित्रिएका छन् । यसैगरी कोरिया, इन्डोनेसिया लगायतका देशबाट पनि विद्युतीय गाडीको आयात भएको छ ।

समग्रमा गएको आर्थिक वर्षमा ३३ अर्ब ७८ करोड रुपैयाँ बराबरका चार पाङ्ग्रे विद्युतीय गाडी आयात हुँदा सरकारले १४ अर्ब ३४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

अन्तिम अपडेट: भदौ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया