लुम्बिनी यूनेस्कोको खतराको सूचीमा पर्नबाट तत्काललाई जोगियो

 साउन ११, २०८१ शुक्रबार ७:२६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – गौतम बुद्धको जन्मस्थल लुम्बिनी युनेस्कोको खतराको सूचीमा पर्नबाट तत्काललाई जोगिएको छ ।

भारतको नयाँ दिल्लीमा भइरहेको युनेस्को वल्डहेरिटेज कमिटीको ४६ औँ सेसनमा भारतले लुम्बिनीका विषयमा भएका कमी–कमजोरी सुधार गर्न समय दिनुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गरेपछि लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव तत्कालका लागि टरेको हो ।

लुम्बिनी विकास कोषकाअनुसार वल्र्ड हेरिटेज कमिटीका २१ देशमध्ये भारतसहित १९ देशका प्रतिनिधि बुद्ध जन्मस्थल लुम्बिनी विश्वकै अनुपम महत्त्वको स्थल भएकाले नेपाललाई सुधारका लागि समय दिनुपर्ने भन्दै खतराको सूचीमा नराख्ने पक्षमा उभिएका हुन् ।

लुम्बिनीलाई खतराको सूचीको मस्यौदामाथि भारतले संशोधन प्रस्ताव राखेको र संशोधन प्रस्तावको पक्षमा २१ मध्ये १९ राष्ट्र उभिएका कोषले जनाएको छ । लेबनान र बेल्जियम भने भारतको संशोधन प्रस्तावको विपक्षमा उभिएका थिए ।

युनेस्कोले विगतदेखि नै लुम्बिनीमा सम्पदा संरक्षणविपरीतका गतिविधि र पूर्वाधार निर्माण भएकाले खतराको सूचीमा राख्ने भन्दै दुई वर्षअघि पत्र पठाएर सचेत गराएको थियो । 
 

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया