सौर्य एअरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आफन्तलाई जिम्मा लगाउन शुरू

 साउन ११, २०८१ शुक्रबार १८:२२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सौर्य एअरलाइन्सकाे विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आफन्तलाई जिम्मा लगाउन शुरू भएको छ ।

त्रिवि शिक्षण अस्पतालले सबैको पोस्टमार्टम रिपोर्ट सम्पन्न गरी शव बुझाउन शुरू गरेको हो । अहिलेसम्म पाँच वटा शव आफन्तले लगेका छन् । बाँकीका आफन्तले बीमालगायतको विषय नटुङ्गिएसम्म शव जिम्मा नलिने अडान लिँदा ढिला भइरहेको छ ।

अस्ति बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटनामा हुँदा १८ जनाको ज्यान गएको थियो । शवलाई त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीसहितको २५ जना टोलीले पोस्टमार्टम गरेको हो ।

यसैबीच सौर्य एअरलाइन्सले अस्ति भएको दुर्घटना अकल्पनीय भएको बताउँदै अत्यन्तै मर्माहत र भावविह्वल भएको बताएको छ । अध्यक्ष तथा सम्पूर्ण परिवारका तर्फबाट निकालेको विज्ञप्तिमा पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सद्भाव सधैँ रहने उल्लेख छ ।

दुर्घटनामा बाँच्न सफल क्याप्टेन मनिषरत्न शाक्यको काठमाण्डाै मेडिकल कलेजमा उपचार भइरहेको छ । अहिले क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँलाई सघन कक्षबाट सामान्य बेडमा सारेको अस्पतालले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया