शहीद मुकेश कायस्थको परिवारले एक वर्षपछि राज्यबाट सुविधा पाउँदै

 साउन १२, २०८१ शनिबार ८:५७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काभ्रेको बनेपाका मुकेश कायस्थको परिवारले एक वर्षपछि राज्यबाट सुविधा पाउने भएको छ । दोस्रो जनआन्दोलनमा घाइते भएर १७ वर्षसम्म अर्धचेत रहेका बनेपा नगरपालिका–८ का ३२ वर्षीय मुकेशको उपचारकाक्रममा अघिल्लो वर्ष वैशाख २७ गते निधन भएको थियो ।

निधनपछि २०८० साल जेठ २ गते मुकेशलाई तत्कालीन सरकारले शहीद घोषणा गरेको थियो । तर मुकेशको परिवारले सरकारबाट पाउने सुविधा पाउन सकेको थिएन । मुकेशको परिवारले गृहमन्त्री रमेश लेखकलाई भेटी आफूले राज्यबाट पाउनुपर्ने सुविधाबाट बञ्चित भएकोबारे जानकारी गराएपछि सरकारको तर्फबाट शहीदले पाउनेसरह सबै सुविधा उहाँको परिवारले पाउने भएका हुन् ।

जनआन्दोलनका क्रममा २०६२ चैत २७ गते १५ वर्षका मुकेश बनेपाको तीनदोबाटोमा सुरक्षाकर्मीको गोली लागेर गम्भीर घाइते हुनुभएको थियो । त्यस दिनदेखि उहाँको होस् खुल्न सकेको थिएन । 

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया