बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको ज्यान गयो : बेपत्ता एक जनाको खोजी चल्दै

 साउन १२, २०८१ शनिबार ९:१३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको ज्यान गएको छ । अर्का एक बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ सृजनानगरमा आफन्तकोमा आएका ती दुई बालक नदीमा पौडी खेल्ने क्रममा हिजो बगेका थिए ।

तीमध्ये बाग्लुङको बरेङका १२ वर्षीय विवश खत्रीको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आफ्नी आमासँग सानी आमाको घरमा बुटवल आएका विवश खत्री र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे तिनाउ नदीमा बगेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलकाअनुसार उनीहरु दिदी बहिनीका छोरा हुन् । पौडी खेल्न तीन जनासँगै गएका र दुई जनालाई नदीले बगाएको देखेपछि अर्का बालकले आफन्तलाई खबर गरेका थिए । नदीमा हराएका बिप्रन पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया